Custom Search

Saturday, July 26, 2008

झा दौरा सुरुवालमा भोटो हेर्न गए

हिन्दीमा सपथ लिएर भारतभक्ति देखाउँदा जनताले विरोध गरेपछि भ्रष्ट न्यायाधिश परमानन्द झा उपराष्ट्रपतिका रुपमा कडा सुरक्षाका बीच मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हेर्न गए । देशको पहिलो उपराष्ट्रपति भएर पदको सपथ लिँदा जात्रा गरेका झाले जनताले उनका हर्कत मन नपराएपछि लुरुक्क परेर नेपाली पोशाक दौरा सुरुवाल लगाएर गए । उनलाई जान पनि बहुत गारो पो भयो त । यत्र तत्र सडकमा उनलाई माफी माग्न र राजिनामा दिन दबाब पार्न जनताहरु राजिनामाको माग गर्दै नाराबाजी गरिरहेका थिए । झा उपस्थित भएकै कारण मत्स्येन्द्रनाथको जात्रामा पनि मानिसहरु परमानन्द झा भारतको दलाल भएको र उसले राजिनामा दिनुपर्छ भन्दै नारा लगाइरहेका थिए ।

मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रामा विगत एक हजार वर्षदेखी राजा जाने परम्परामा राष्ट्रपति पहिलो पटक सहभागि भएका छन् । बिक्रम संवत ९५० को हाराहारीमा यो जात्रा सुरु भएको मानिन्छ । जात्रामा राजा जानुपर्ने परम्परा रहेकोमा गत वर्षप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला गएका थिए । मत्स्येन्द्रनाथलाई वर्ष र सहकालका देवता मानिन्छ । राजा जात्रामा जान छाडेदेखि मुलुकमा अन्नको साथै बाढी संकट बढेको केही संस्कृतीविदले बताएका छन् ।

संविधान र कानुनमा भएको व्यवस्थालाई लत्याएर हिन्दीमा सपथ लिएका परमानन्द झा र भारतपरस्त झालाई जोगाउने उनकै दल मधेशी जनाधिकार फोरमका उपेन्द्र यादवको पुत्ला दिनभर देशका विभिन्न भागमा र्सवसाधारणले जलाएका छन् । मधेशी जनाधिकार फोरमको गठननै भारतीय भूमिमा भएको थियो भने फोरम त्यही पार्टी हो जसले भारतीय दूतावास पुगेर सरकारलाई मधेशका मागमा सहमत गराउन भारतको दबाब नेपाल सरकारलाई दिएको थियो । वास्तव मै मधेशी जनाधिकार फोरम देशद्रोही पार्टी हो । त्यस पार्टी कार्यकर्ता भै उपराष्ट्रपति भएका परमानन्दले आफु भारतीय एजेन्ट भएको प्रमाणित गराइसकेका छन् । उनले सहजै पद नछाडे पोलपोटलाई जस्तै कुटेर पद र मुलुकबाट बाहिर गर्नुपर्दछ ।

No comments: