Custom Search

Saturday, July 26, 2008

झा तँ ‘उतै जा !

दिलीप आचार्य, गहना पोखरी, काठमाण्डौ


उपराष्ट्रपति नेपालको सपथको भाषा भारतको । न राष्ट्र भाषा, न मात्रृभाषा, यस बारेमा केहि नलेखौं भने पनि नलेखी बस्न सकिएन । हुनत यस यसरी नेपाल र नेपालीलाई हेप्ने र भारतको नोकरि गर्ने यो नीच र हेपाहा प्रवृतिको सर्वत्र बिरोध भैसकेको छ र बिरोध जारि पनि छ ।

अब कुरा यि परमानन्द झा ले किन यसरि हिन्दिमा सपथ लिए त? ।

यता नेपालमा यि नोकर वुद्दी भएका दलाल झा को चर्को बिरोध जारि रहदा भारतका केहि स्थानिय पत्र पत्रीकामा भने नजानिदो पाराले उनलाई भारतिय भएको जनाउने किसिमले समाचारहरु छापीएका छन ।

खासगरि जागरण, दक्षीण भारतबाट प्रकाशित हुने स्वतन्त्र वार्ता र अन्य धेरै अनलाईन खबरको आजको अंकमा “एकजना भाई उपराष्ट्रपति र अर्को भाई साईकल पसले” भन्ने शिर्षकमा उनको चार पुस्ते बिस्तार सहित उनका जिवनी र सोखहरको बारेमा छापीएको छ ।

को हुन त यि परमानन्द झा: भारतिय पत्र पत्रिकाले उनलाई भारतिय मूलका भएको कुरा यसरि लेखेका छन :

पत्रिकाहरुका अनुशार उनका भाई धनानंद झा (जो अहिले पनि बिहार को दरभंगा मा साइकल को पसल चलाएर, बढो मुश्किलले जिवनयापन गरेर बसेका छन) ले बताए अनुशार

यि दलाल झा का जिजुबाजे शंकर झा ख्याति प्राप्त पहलवान थीए र उनको ख्याति नेपाल सम्म फैलीएको थियो। पछि तत्कालीन नेपालि राजाले उनको ख्याति को जानकारी पाएपछि सेनामा प्रवेश गर्न बोलाए । यसपछि यि दलाल झा का जिजुबाजे शंकर झा दरभंगा को गरौल गांउ छोडेर नेपाल तिर लागे। यि दलाल झाको भाईले बताए अनुशार पछि यिनलाई तात्कालीन राजाले खुशी भएर सप्तरी जिल्ला को मौवाहा गाउँमा निक्कै जमिन पनि दिए ।

अब सुन्नुहोस यि दलाल झाको सोख को बारेमा: उनकै साख्य भाईले बताए अनुशार यीनलाई राजनीतिमा सोख थियो न समाज सेवा मा नै । उनको भाईका अनुशार यि यि दलाल झालाई तास खेल्नमा ठूलो सोख छ रे, ( कस्तो उच्च बिचार र सोख भएको मान्छे रहेछन त!)

भारतिय पत्रीकामा “परमानंद झा मूलत: गरौल गांव के निवासी है” भनेर ठाडै किटिनु अनि यि दलाल झा ले हिन्दिमा सपथ लिनुले पक्कै पनि ठुलै खेलको शुरुवात भएको संकेत गर्छ । म मेरो देशको गरिमामय उपराष्ट्रपतिको पदमा यस्तो विदेशी दलाल रहनु हुन्न भन्नेमा छु र उनले माफी मागे पनि उनलाई त्यो पदमा राख्नु हुन्न भन्ने मेरो बिचार छ । आज यीनले नपाली भाषा छाडेर हिन्दिमा सपथ खाए भोली सयौ थुङ्गा फूलका माला बिर्सेर “जन गण मन” गाँउने छन र यस्तै आले-टाले व्यबहार र जे बोले पनि माफी दिने गर्यो भने यिनले जय नेपाल हैन “जय हिन्द” भन्नेछन ।

मेरा अन्य ब्लगर साथिहरुले पनि यसको यहाँ, यहाँ र यहाँ लगाएत धेरै ब्लगबाट यो दलाल झा को बिरोध गर्नु भएको छ र म यो बिरोधको समर्थन गर्छु।

यि दलाल हुन र देशको अस्तित्वसंग खेलवाड गर्ने दलाललाई यो मर्यादित पदमा एकछिन पनि राख्न हुदैंन। मलाई मेरो देश र मेरो भाषा उत्तीकै प्यारो छ र यिनको सर्बत्र बिरोधसंगै उर्लिएको राष्ट्रीयतलाई मेरो सलाम ! जय नेपाल!!

2 comments:

Dilip Acharya said...

यि दलाललाई आफ्नो मालिकको भाषा यत्ति प्यारो छ, मालिकको आज्ञाकारि हुने यस्तो रहर छ र यिनलाई आफू उतैको सेवक हो भन्ने लाग्छ भने उतै गएर बसुन। झा, तँ ‘उतै’ जा !

ठरकि दादा said...

जसले जे सुकै भनोस नेपाली भाषा जिन्दावाद ! चरेषानन्द मुर्दावाद!