Custom Search

Saturday, July 26, 2008

आज पनि प्रदर्शन जारी छ

अपडेट
मैतीदेवीमा भएको प्रदर्शनको फोटो






उपराष्टपति पदमा जनताले पुर्‍याएपछि जुन थालमा खाना खायो त्यसैमा आचि भने झैं परमानन्द झाले हिन्दीमा सपथ खाएपछि आज शनिबार पनि व्यापक रुपमा उनको बिरोध गरिएको छ । आज मुलुकभर प्रदर्शन हिजोको भन्दा बढेको छ । काठमाण्डौं त व्यापक प्रदर्शनको बीचमा छ ।

प्रदर्शन झालाई रत्नपार्कमा नल्याएसम्म जारी राख्नुपर्दछ । परमानन्द झा भन्ने भ्रष्ट पूवन्यायाधिशलाई महाअभियोग लगाउनुपर्दछ सर्वसाधारणको माग यही रहेको छ ।

4 comments:

Bishnu dai said...

Sala, Chares wala corrupted person.

I think it was great mistake to elect this kind of corrupted person in this post. All leaders are wrong, who cast vote him.

He is agent of Corruption and India.

arachesostufo said...

corruption is everywere in the world.

ciao da venezia italy

Aakar said...

नयाँ नेपाल मा यो गन्हाएको झा हामीलाई चाहिएन ।
"हाम्रो देश, हाम्रो भेष, हामीलाई प्यारो छ"

Anonymous said...

आक्रोस र विरोध






नयाँ नेपाल निर्माणको क्रममा देशकै ईतिहासमा पहिलो पटक छानिएको पहिलो राष्ट्रपति र उपराष्ट्र्पतिको सपथ ग्रहण गर्ने क्रममा उपराष्ट्र्पति परमानन्द झाले विदेशी भाषामा लिएको सपथ ग्रहणको खसखस डट कम घोर विरोध गर्दछ ।



कुनैपनि देशमा विभिन्न भाषा भाषी हुन्छ तर सम्पुर्ण देशवासीहरुलाई एक सूत्रमा बाँध्ने र सबैको साझा भाषाको रुपमा एक राष्ट्रि्य भाषा हुन्छ नै र त्यस राष्ट्रि्य भाषाको सँरक्षण र सँबद्र्धन गर्नु सारा देशवासीको दायित्व हो र नेपाली भाषा नेपालको राष्ट्रि्य भाषा भएको व्यहोरा कसैलाई भनिरहनु पर्दैन ।



राष्ट्र्को दोश्रो प्रमुख व्यक्तिको रुपमा छानिएको नयाँ नेपालको उपराष्ट्र्पतिले त्यस्तो गरिमामय पदको ओहोदा र गोपनियताको सपथ ग्रहण विदेशी भाषामा गरिनु त्यस पदको राष्ट्र्को तथा सारा देशवासीको अवमूल्यन हो । आफु छानिएको ओहोदा तथा आफुले सँरक्षण गर्नुपर्ने राष्ट्र्प्रतिको कत्र्तव्यप्रति सचेतता प्रदर्शन र सम्मान गर्न नसक्ने व्यक्ति त्यस पदकोलागी नालायक ठहरिन्छ । र नयाँ नेपालको पहिलो उपराष्ट्र्पति यस्तै भएका छन् जुन सारा नेपालीकोलागी खेद आक्रोश तथा दुर्भाग्यको कुरा भएको छ । त्यसकारण यस्तो व्यक्ति त्यस गरिमामय पदमा बसिरहने कुनै औचित्य र कारण नभएको कारणले परमानन्द झा उक्त पदबाट तुरुन्त पदमुक्त गरिनु पर्छ या हुनुपर्छ भन्ने हामी जोडदार माग गर्दछौ ।



समावेशी र स्वतन्त्रताको नाममा विदेशीको दास बन्न नेपालीहरुले सँघर्ष गरेको होईन अपितु नेपाल र नेपालीको आत्मसम्मान र पहिचान कायम राख्न सँघर्ष गरेका हुन् । विदेशीको दासत्व स्विकार्ने परमानन्द झा जस्ता व्यक्तिको चाहना कसैलाई छैन र कदापी रहँदैन । हुने बिरुवाको चिल्लो पात भने झै यस्ता व्यक्तिबाट राष्ट्र्को सुरक्षा र हित हुन्छ भन्ने कुरामा कसरी विश्वास गर्न सकिन्छ



आफ्नो पहिचान र राष्ट्रि्य भाषाको उत्थानकोलागी मरिमेट्ने राष्ट्र्प्रेमीहरुकोलागी परमानन्द झा एक कलँक भएका छन् । हामी विदेशमा बसेरपनि राष्ट्र् राष्ट््रियता र भाषाकोलागी आफ्नो मेहनत खर्चिई रहेका सारा नेपालीहरुल्ााई यो घटना दुःख भन्दापनि क्षोभ आक्रोस र क्रोधको विषय भएको छ र नयाँ नेपालको सपना देखेका सारा नेपालीहरुलाई ठुलो धोका भएको अनुभव हामीले गरेका छौ ।



तसर्थ सारा नेपालीको आकाँक्षा र चाहनालाई मनन गरेर या त परमानन्द झाले यथाशिघ्र सार्वजनिक माफी माग्दै राजिनामा दिनुपर्छ या नयाँ नेपालका सचेत साँसदहरुले यथाशिघ्र अविश्वासको प्रस्ताव पेश गरेर तिनलाई कार्यभारबाट मुक्त गरिनुपर्छ भन्ने हामी जोडदार माग गर्दछौ ।



खसखस डट कम

khasskhass.com
A Nepali literary web venue
वासिँगटन डिसी

सँयुक्त राज्य अमेरिका