Custom Search

Saturday, July 26, 2008

पाल्पामा परमानन्दको पुत्ला जलाइयो

उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषमा सपथ गरेको बिरोधमा अनेरास्वबियू क्रान्तिकारी पाल्पाले तानसेनको आन्दोलन चोकमा पुत्ला दहन गरेको छ । माओवादीको जिल्ला कार्यालय बाट निस्केको जुलुसले उपराष्ट्रपतिको पुत्ला र उनका बिरुद्ध नारा जुलुस गर्दै बजार पर्रि्रमा गरी आन्दोलन चोकमा पुगि पुत्ला दहन गरेको थियो । जुलुसमा विद्यार्थीहरूले उपराष्ट्रपतिले आफ्नो सपथ ग्रहण नसच्चाए तत्काल राजिनाम दिनुपर्ने, तीन दलीय अराजनीतिक र अपवित्र गठबन्धन खारेज गर्नुपर्ने र तस्कर उपराष्ट्रपति राजिनामा दे जस्ता नारा लगाएका थिए ।

जिल्लाका प्राय सबै माओवादी नेताहरु सम्मीलित जुलुसको आयोजना अखिल क्रान्तिकारीले गरेको थियो । जुलुस र पुत्ला दहनपछि कोण सभालाई सम्बोधन गर्दै अनेरास्वबियुका केन्द्रीय सचिवालय सदस्य पूर्ण बहादुर सिंहले उपराष्ट्रपति झाले पुन नेपाली भाषामा सपथ लिनुपर्नेमा जोड दिंदै भारतको राष्ट्रिय भाषमा सपथ लिने ब्यक्तिलाई मुलुकको सर्बोच्च पदमा रहने नैतिक अधिकार नभएको बताउनुभयो ।

पाल्पाबाट सागर घिमिरेको समाचार

3 comments:

Aakar said...

जलाउँ अझै, महाअभियोग नै लगाऔँ ।

Anonymous said...

jha le rastiyata mathi lat hanekai hun. unle nepali janata saga excuse magnai par6. ra pun nepali bhasaamasapatha khanupar6.

Anonymous said...

jha bharat ka ajent hunvannekura unako hindima sapatha garnule prasth vayako6. janataka samu chado jhuknu par6.