संवैधानिक व्यवस्था भन्दा बाहिर गएर सपथ लिएका परमानन्द झालाई उपराष्ट्रपति जस्तो पदमा राखिरहनुले नेपाल बलिया बाँगाले जे गरेपनि हुने मुलुक हो भन्ने स्पष्ट भएको छ । संविधान नमान्नेलाई कारवाहीको सट्टा सम्मान गर्ने हो भने कसैले पनि संविधान र नियम नमाने हुन्छ ?
हुन त नेपालमा कानुन र नियम मान्ने भनेको गरिब जनताले हो शक्तिमा हुनेले त मान्नै पर्दैन । जसको लट्ठी उसैको भैंसी भन्ने उखान नै चरितार्थ पार्ने नेताहरु भएपछि नियम नमान्ने संविधान नमान्ने नै ठूला र घरानिया मानिन्छन् । सर्वोच्च अदालतलाई समेत नमान्ने परमानन्द झा गिरिजा जस्ता भ्रष्टका मात्र सम्मान प्राप्त गर्ने हैसियतका छन् । नेपाली जनताले उनलाई कहिल्यै राम्रो रुपमा लिने छैनन् ।
चरेसानन्दको हिम्मत हेर न कति बढेको छ । संविधान नमान्दा कसैले केही गरेन भने जाबो सर्वोच्च के हो र - भनेर सर्वोच्चको जवाफ पनि दिएनन् । उनी गैरकानुनी काम मात्र मन पराउने खालका मानिस हुन क्यार नत्र चरेस काण्डमा अपराधिको त्यत्रो साथ दिन्थेनन् । उनको वृत्ति नै अपराधि छ त्यसैले होसियार है
Custom Search
Saturday, August 16, 2008
Subscribe to:
Posts (Atom)